१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


भोटेकोसी नदीमा भीषण बाढी, गाउँलेहरुको भागाभाग


0
Shares

सिन्धुपाल्चोक, असार २२ । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा भीषण बाढी आएको छ । बुधबार राति अचानक आएको बाढीका कारण बाह्रबिसे तल्लो तटीय क्षेत्रका सर्वसाधारणमा भागाभाग भएको छ ।

भोटेकोसी नदी सहतभन्दा झण्डै अरनीको राजमार्ग छुने गरी बढेपछि पाँच किलोमिटर तल खाडीचौरसम्म भागाभाग मच्चिएको प्रहरीले जनाएको छ । स्थानीय ज्यान जोगाउन भागेर पाँच किलोमिटर टाढासम्म पुगेको बताइएको छ ।

नदीको सहत बढेसँगै बाह्रविसे तटीय क्षेत्रमा राति नै माइकिङ गरेर सर्तक रहन आग्रह गरिएको इकालका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए ।

बजारमा बाढी पस्ने आशंकामा बाह्रबीसे बजार खाली गराइएको छ । बाढीले केही सवारी साधन बगाएको भनिए पनि क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन ।

यता नदीमा पानीको बहाव बढेर सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा आएको बाढीबाट अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

नदीमा आएको बाढीका कारण गाति गाविसमा सडक कटान हुँदा अहिले अरनिको राजमार्ग अवरुद्ध भएको हो । बुधबार राति नदीमा धमीलो पानी र माटो बगेको सहित ठुलो बाढी आएको थियो ।

चीनको खासा माथि भोटेकोशी नदी थुनिएर फुटेको हुन सक्ने प्रहरीले जनाएको छ । मानविय क्षति भने नभएको सिन्धुपाल्चोक जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र केसीले जानकारी दिए । अन्य क्षतिको भने विवरण आउन सकेको छैन । अहिले खोला पूर्ववत स्थितिमा फर्किएको छ ।