१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


ट्याक्टर र मोटरसाइकल जुध्दा एकको मृत्यु


0
Shares

पाँचथर, असार २२ । पाँचथरको फिदिम नगरपालिका–४ को तुम्देनचोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–५ बस्ने भवानीप्रसाद भट्टराई रहेका छन् ।

को २ त ४५०७ नम्बरको ट्याक्टर र मे ६ प २३९६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते भट्टराईको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बी एन्ड सी हस्पिटलमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्याक्टर चालक झापा अर्जुनधाराका डम्बर खवास र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । (रासस)