३० असार २०८२, सोमबार | Mon Jul 14 2025


स्पेनमा सत्तारुढ समाजवादी पार्टी विजयी


0
Shares

काठमाडौं । स्पेनको संसदीय निर्वाचनमा सत्तारुढ समाजवादी पार्टी विजयी भएको छ ।

अन्य प्रतिस्पर्धी दललाई पछि पार्दै सोसलिस्ट वर्कर पार्टीले पहिलो स्थान हासिल गरेको हो ।

स्पेनको ३५० सिट रहेको तल्लो सदन र २६६ सिट रहेको माथिल्लो सदनका लागि आइतबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका पेड्रो सान्चेजको दल सोसलिस्ट वर्कर पार्टीले १२३ स्थानमा जित हासिल गरेको हो ।

यो कुल सिटको २९ प्रतिशत हो । बहुमत सरकार गठनका लागि १ सय ७६ सिट आवश्यक पर्दछ ।

सोललिस्ट वर्कर पार्टीले सबैभन्दा धेरै २९ प्रतिशत सिट जिते पनि बहुमत हासिल गर्न भने सफल भएन ।

स्पेनमा अब मिलिजुली सरकार बन्ने छ । पछिल्ला चार वर्षको अवधिमा स्पेनमा भएको यो तेस्रो निर्वाचन हो ।

सान्चेजले गठबन्धन सरकार गठनका लागि क्षेत्रीय दलहरुसँग वार्ता सुरु गरेको बताएका छन् ।

उनले वार्तामा सीमित घेरा नराख्ने पनि बताउनुभएको छ ।

निर्वाचन जितेपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले संविधानको सम्मान गर्ने र सामाजिक न्यायलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । (एजेन्सी)