२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


आँधीबेरी पीडितलाई परोपकारी युवा संजालद्वारा शैक्षिक सामाग्री वितरण


0
Shares

काठमाडौं । परोपकारी युवा संजाल नेपालले बारामा आँधीबेरीबाट क्षति पुगेको पुरैनिया र भरबलियाका दुई प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको  छ ।

पुरैनियका नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका १७० जना र भरबलिया १३८ जना गरि कूल ३०८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, खेलकूद तथा स्कुल ब्याग बितरण गरिएको संजालका संयोजक रमेश सापकोटाले जानकारी दिए ।

उक्त शैक्षिक सामाग्री व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितिमा बितरण गरिएको हो ।

यस अघि पनि आँधीबेरी आएकै भोलिपल्ट काठमाडौंबाट वीरगञ्ज पुगेको परोपकारी युवा संजाल नेपालका टीमले पीडितहरुको उद्धारमा सहयोग गरेको थियो भने बिरामीका लागि अत्यावश्यक रगत संकलनको लागि आफैंँबाट शुरु गरेका थिए ।

संस्थाका सदस्य निश्चल बिमलीका अनुसार परोपकारी काममा केही सहयोग सदस्यहरुबाटै उठाउने तथा केहीदेश विदेशबाट सहयोग गर्ने मनकारीबाट संकलन गरेर सहायता वितरण गर्ने गरेको बताए ।

‘बोलेर होइन गरेर देखाउ’ भन्ने मूल नाराकासाथ समाजसेवा तथा परोपकारी क्षेत्रमा लागेको संजालले महिनामा एउटा सहयोगको कार्यक्रम गर्ने गरेको बिमलीले बताए । सामाग्री बितरण कार्यक्रममा जागृत चोरेल, दीपेश पराजुली र नवराज श्रेष्ठको पनि उपस्थिति थियो ।