
कञ्चनपुर, असार २२ । कञ्चनपुरमा दुई वटा बस आपसमा ठोक्किँदा बस नजिकै रहेका दुई जनाको मृत्यु भएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट डडेल्धुरा जाँदै गरेको ना ५ ख १४१५ को बसले सडकमा रोकिराखिएको ना.४ ख ४०३५ नम्बरको बसलाई ठक्कर दिँदा नजिकै रहेका पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर दोमिल्लाका ३० बर्षीय मदनराज पन्त र बस धनी कैलाली अत्तरियाका देव दत्त रहेका छन् ।
दुर्घटनामा पाँच जना घाइते भएको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्