
काठमाडौं । द्वन्द्वपीडित समाज तथा मानवअधिकारकर्मीहरुले सत्य निरुपण तथा वेपत्तासम्बन्धी आयोग ऐन संशोधन गरेर मात्र आयोगमा पदाधिकारी नियुक्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सरकारले दुवै आयोगमा पदाधिकारी चयन गर्न सिफारिस समिति बनाएर काम गरिरहेका बेला आज द्वन्द्वपीडित र अधिकारकर्मीहरुले ऐन संशोधन गरेर मात्र पदाधिकारी नियुक्त गर्न माग गर्दै माइतीघर मण्डलामा एक घण्टा धर्नासमेत दिए ।
सर्वोच्च अदालतले समेत ती आयोगको ऐन संशोधनका लागि आदेश दिएको भन्दै उनीहरुले आदेश कार्यान्वयन गर्न दबाब दिए ।
धर्नामा सहभागीहरुले ऐन संशोधन बिना आउने पदाधिकारीले द्वन्द्वको समाधान गर्न नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्