१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


डिस्चार्ज भएको केहीबेरमै बिरामीको मृत्यु भएपछि चरिकोट अस्पताल तनावग्रस्त


0
Shares

रवीन्द्र गौतम (इमेज)
दोलखा, असार २२ । दोलखाको चरिकोट अस्पतालमा उपचारपछि डिस्चार्ज भएको केहीबेरमै बिरामीको मृत्यु भएपछि उनका आफन्तहरुले विरोध प्रदर्शन गरेका छन् ।

अस्पताल र चिकित्सकको लापरबाहीका कारण भीमेश्वर नगरपालिका–१०, चोथाङकी ४९ वर्षीया धनलक्ष्मी तामाङको मृत्यु भएको भन्दै उनका आफन्तहरुले बुधबार विरोध जनाएका हुन् ।

डिस्चार्ज भएको १० मिनेटपछि नै धनलक्ष्मीको मृत्यु भएको उनका श्रीमान् पाल्साङ तमाङले जानकारी दिए ।

बिरामीको स्वास्थ्य अवस्था सामान्य भइसकेको भनेर अस्पतालले डिस्चार्ज गरेको तर केहीबेरमै उनको मृत्यु भएको भन्दै उनले चिकित्सकले लापरबाही गरेको आरोप लगाए ।

अस्पतालका डा. विनोद दंगालले भने बिरामीलाई निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या रहेकाले मृत्यु भएको हुनसक्ने बताए ।