
काठमाडौं, असार २२ । अघिल्ला दिन ऋणात्मक रहँदै आएको शेयरबजार परिसूचक नेप्से बुधबार भने सामान्य अंकले सच्चियो ।
यसदिन नेप्से करिब ३ अंकले सकारात्मक रही १७ सय १५ बिन्दूमा पुग्यो । यसदिन कारोबार भएका आधाभन्दा बढी समूहमा सुधार आएसँगै नेप्से सकारात्मक रहेको हो ।
यसदिन वाणिज्य बैंक, होटल, बीत्त, उत्पादनमूलक र अन्य समूहमा सुधार आयो भने विकास बैंक, जलविद्युत् र बीमा समूहमा गिरावट आयो ।
नेप्से बढेर १७ सय २२ अंकमा पुगिसकेपनि मध्याह्नपछि केहि ओरालो लाग्दै करिब ३ अंकलेमात्रै सकारात्मक रहन पुगेको हो ।
यसदिन १ सय ३९ कम्पनीको करिब ४२ लाख कित्ता शेयर १ अर्ब ३३ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्