३० असार २०८२, सोमबार | Mon Jul 14 2025


भारतमा आज चौथो चरणको मतदान हुँदै


0
Shares

काठमाडौं । भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ ।

१४ राज्यमा ७१ लोकसभा सिटका लागि मतदान भइरहेको हो । यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान भइरहेको छ ।

यस्तै राजस्थान र उत्तर प्रदेशमा १३/१३, पश्चिम बंगालमा ८, मध्य प्रदेश र उडिसामा ६/६, बिहारमा पाँच, झारखण्डमा तीन तथा जम्मू–कश्मीरमा एक लोकसभा सिटका लागि निर्वाचन भएको हो ।

भारतमा अहिलेसम्म तीन चरणमा कुल ३ सय २ सिटका लागि मतदान भइसकेको छ । चौथो चरणपछि यो संख्या ३ सय ७३ पुग्ने छ ।

सात चरणमा भइरहेको यसपटकको निर्वाचनमा ९० करोडभन्दा बढी मतदाताले ५ सय ४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् ।

भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढी हो ।(एजेन्सी)