Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


रोजर फेडेरर र एण्डी मरे विम्बल्डन टेनिसको सेमिफाइनलमा


0
Shares

काठमाडौं, असार २३ । शीर्ष खेलाडीहरु रोजर फेडेरर र एण्डी मरे विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इङ्ल्यान्डको विम्बल्डनस्थित घाँसे कोर्टमा जारी वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको क्वाटरफाइनलमा मरेलाईृ फ्रान्सका जो विल्फ्रेड सोङ्गाले कडा टक्कर दिए ।

सुरुवाती दुई सेट ७-६ र ६-१ ले जितेका मरेले यसपछिका दुई सेट ३-६ र ४-६ ले गुमाएपछि खेल अन्तिम सेटका पुग्यो ।

पाँचौ तथा अन्तिम सेट ६-१ ले जित्दै मरे प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा मरेको भिडन्त चेक रिपब्लीकका खेलाडी टामस बर्डीचसँग हुने छ ।

उता विश्व नम्बर तीन स्वीस टेनिस खेलाडी रोजर फेडेरर पनि विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्वार्टरफाइनलमा क्रोएसियन खेलाडी मारिन सिलिचमाथि संघर्षपूर्ण जित हासिल गर्दै सात पटकका विम्बल्डन च्याम्पियन फेडेरर अन्तिम चारमा पुगेका हुन् ।

१७ पटकका ग्राण्डस्लाम च्याम्पियन फेडेररले सुरुवाती दुई सेट हारेर पनि त्यसपछि भने लगातार तीन सेट जितेका थिए ।

फेडेरर ६–७, ४–६, ६–३, ७–६ र ६–३ ले विजयी भए । सेमिफाइनलमा फेडेररको भिडन्त क्यानडाका मिलोस राओनिकसँग हुनेछ ।