
दाङ, असार २३ । बाढीबाट ठूलो क्षति हुन नदिन दैविक प्रकोप उद्धार समितिले दाङमा पूर्व तयारी सुरु गरेको छ ।
समितिले बाढी प्रभावित क्षेत्रमा उद्धार सामाग्रीसमेत वितरण गरेको छ । बाढीको अत्यन्त संवेदनशील दाङ देउखुरीका लालमटीया, सिसहनीया, सोनपुर, राजपुर र गंगापरस्पुरमा पूर्वतयारीका काम भइरहेको जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ ।
बाढीले विगतमा पुर्याएको क्षतिलाई मध्यनजर गर्दै स्थानीयस्तरमै उद्धार टोली गठनसमेत गरिएको दैविक उद्धार प्रकोप समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्