१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


सडक निर्माण गरिरहेको स्काभेटरमा आगजनी


0
Shares

बझाङ, असार २३ । बझाङको पाराकाट स्थित चैनपुर दिपायल सडक खण्डको सडक निर्माण गरिरहेको बा२फ १७५७ नम्बरको स्काभेटरमा बुधबार राती आगजनी गरिएको छ ।

स्काभेटरमा आगजनी गरिएपछि सडक निर्माण कार्य रोकिएको छ । आगजनीका कारण स्काभेटर पूर्णरुपमा क्षती भएको छ ।

सडकमै राखेको तिन हजार नौं सय साठी लिटर डिजेल, २० लिटर हाईड्रोलिक र २० लिटर मोविल समेत आगजनी गरिएको छ ।

आगजनी कसले गरेको भन्ने बारे अझै खुल्न सकेको छैन । स्काइभेटर र डिजेल सहित १ करोड २५ लाख जती क्षेति भएको बाटो निर्माणका साइड ईन्चार्ज रोकायाले जानकारी दिए । संकास्पद ठाउँहरुमा अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी गराए ।