
काठमाडौं, असार २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक भूमि सुधारसहितको भूःउपयोग नीति आवश्यक रहेकोमा जोड दिएका छन् ।
बिहीबार राजधानीमा भएको भूमि व्यवस्थापनमा देखिएका चुनौति र समाधान बिषयक गोष्ठिको उद्घाटन गर्दै उनले भूमिको सहि उपयोगबाट मात्र व्यवस्थित भूमिसुधार सम्भव हुने बताए ।
भूमिलाई व्यवस्थित गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको भन्दै उनले आर्थिक उन्नतीको लागि कृषिको आधुनीकीकरण जरुरी रहेको बताए ।
अन्य वक्ताहरुले भने स्पष्ट भुमिसुधार नीति नहुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्