
काठमाडौं, असार २३ । लमजुङमा विहीबार दिउँसो भूकम्पको एक पराकम्पन मापन भएको छ ।
विहीबार दिउँसो २ बजेर ४४ मिनेटमा लमजुङ सदरमुकाम बेसीसहरबाट ८ किलोमिटर उत्तर भुलभुलेनजिकै केन्द्रबिन्दू भएर ४.३ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्कासँगै लमजुङ सदरमुकाम र आसपासका स्थानीय बासिन्दा आत्तिएर घरबाहिर खुला स्थानमा निस्किएका थिए ।
भूकम्पको धक्का महसुस भएको धेरैबेरसम्म पनि स्थानीयहरु डरले खुला स्थानमै रहेको लमजुङबाट इमेजकर्मी नवीनराज कुइँकेलले जानकारी दिएका छन् ।
भूकम्पको धक्का पश्चिमाञ्चलका अरु जिल्लाहरुमा पनि महसुस भएको जनाइएको छ ।
पोखरामा पनि भूकम्पको सामान्य धक्का महसुस भएको इमेजकर्मी प्रदीप पौडेलले जानकारी दिए ।
भूकम्प मापन केन्द्रले यो नयाँ भूकम्प नभइ गत वर्ष वैशाखमा गएको शक्तिशाली ‘गोरखा भूकम्प’कै पराकम्पन भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्