१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


सिन्धुपाल्चोकमा धक्का, काठमाडौंसम्म हल्लायो


0
Shares

काठमाडौं, असार २३ । सिन्धुपाल्चोकमा विहीबार बेलुका पराकम्पन आएको छ ।

बिहीबार बेलुका ५ बजेर ३८ मिनेटमा सिन्धुपाल्चोकको बच्छलादेवीनजिकै केन्द्रबिन्दू भएर ४.४ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।

यो नयाँ भूकम्प नभइ गत वर्ष वैशाखमा गएको शक्तिशाली ‘गोरखा भूकम्प’कै पराकम्पन भएको पनि भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, विहीबारै दिउँसो लमजुङ केन्द्रबिन्दू भएर ४.३ म्याग्निच्यूडको पराकम्पन मापन भएको थियो ।

‘गोरखा भूकम्प’पछि हालसम्म ४ म्याग्निच्यूडमाथिका ४६३ ओटा पराकम्पन मापन भइसकेको जनाइएको छ ।