Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


पेट्रोलियम पदार्थ आपूर्ति ‘सहज बन्दै’


0
Shares

काठमाडौं, असार २३ । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बन्दै गएको जनाएको छ ।

निगमले मागअनुसार पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको जनाएको छ ।

निगमको थानकोटस्थित डिपोबाट विहीबारमात्र ५ लाख ४८ हजार लिटर पेट्रोल र २ लाख ८७ हजार लिटर डिजल उपलब्ध गराएको जनाएको छ ।

निगमका कायममुकायम निर्देशक सिताराम पोख्रेलले कारबाहीमा परेका केही पम्पबाहेक अरु सबैले मागअनुसार तेल पाइरहेको बताए ।

पहिरोले सकड अवरुद्ध हुँदा उपभोक्ताहरु अत्तालिएर बढी ‘होर्डिङ’ गर्नाले बजारमा केही असहजता देखिएको र अहिले अवस्था सामान्य भैसकेको पनि पोख्रेलले दाबी गरे ।