
काठमाडौं, असार २४ । सत्तारुढ दल माओवादी केन्द्रले राष्ट्रिय राजनीतिक सहमति वा सहमतिको सरकार जरुरी रहेको निष्कर्ष निकाल्दै त्यसका लागि पार्टीले पहकदमी लिने निर्णय गरेको छ ।
कोटेश्वरस्थित पार्टी मुख्यालायमा बिहीबार सम्पन्न पोलिटब्युरो बैठकले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमति वा सहमतिको सरकार बनाउने निर्णय गरेको हो ।
एमालेसित विगतमा भएका सरकारसम्बन्धी सहमति र समझदारी कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न छलफल गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ ।
माओवादी केन्द्रले सहमतीय सरकार गठनमा पहल गर्ने निर्णयलगत्तै तीन प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री केपी ओली, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका तीन दलका नेताबीच बिहीबार साँझ बालुवाटारमा छलफल भएको हो ।
नेता नारायणकाजी श्रेष्ठले राजनीतिक विषयमा खासै छलफल नभएको दाबी गरे । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्