
कैलाली, असार २४ । बाढीको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी नहुँदा कैलालीका सर्वसाधारण त्रसित भएका छन् ।
जिल्लाका ५ लाखभन्दा बढी सर्वसाधारण बाढी, कटान तथा पहिरोको जोखिममा भए पनि जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले भरपर्दाे पूर्वतयारी नगरेको स्थानीयको आरोप छ ।
कैलालीमा प्रत्येक वर्ष बाढी तथा पहिरोले मानवीय तथा आर्थिक क्षति गर्दै आएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोको उच्च जोखिम भएका कारण सचेत रहन विपद जोखिम न्यूनीकरणका क्षेत्रका काम गर्ने सरोकारवालाई निर्देशन दिनेबाहेक केही काम नगरेको प्रभावितहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्