
विराटनगर, असार २४ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्थानीय निकाय, प्रदेश र संसदको निर्वाचन एकैसाथ गर्न सकिने बताएका छन् ।
विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले त्यसका लागि मधेश समस्या पहिले समाधान गर्नुपर्ने बताए ।
भट्टराईले मधेशी मोर्चाले उठाएको माग संविधान संशोधान गरेर भएपनि सम्बोधन गर्नुपर्ने बताए । मोर्चाका केही घटकले भनेजस्तै संविधान पुनर्लेखन गर्न भने सम्भव नरहेको भट्टराईको भनाई थियो ।
मधेशको समस्या हल गरेपछि स्थानीय, प्रदेश र संसदीय निर्वाचन गर्न कुनै समस्या नहुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्