
काठमाडौं, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।
उनीहरुबीच सरकारले अहिलेसम्म गरेका कामकारवाहीलगायत मधेशका मुद्दालाई हल गर्ने बिषयमासमेत छलफल भएको जनाइएको छ । प्रचण्डले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्