१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


वैशाखयता यस्तो छ देशमा बाढी–पहिरोको क्षति विवरण


0
Shares

काठमाडौं, असार २४ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले गत वैशाखयता मुलुकका विभिन्न भागमा बाढी–पहिरोका कारण ४७ जनाको मृत्यु भएको र १६ जना बेपत्ता भएको बताएका छन् ।

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी गराउनेक्रममा उनले यो अवधिमा बाढी–पहिरोमा परी ५७ जना घाइते भएको बताए ।

बाढी–पहिरोबाट १ सय ३८ घर पूर्णरुपमा क्षतिग्रस्त भएको र १ सय ६० घरमा आंशिक क्षति पुगेको मन्त्री बस्नेतले सदनलाई जानकारी दिए ।

सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, सल्यान, लम्जुङ, रोल्पा, धादिङ, बाग्लुङ, सिन्धुली, गुल्मी, बाजुरा, चितवन, मोरङ, दाङलगायतका जिल्ला बाढी–पहिरोबाट बढी प्रभावित भएको उनले जानकारी दिए ।

बाढीले अरनिको राजमार्गको ४ किलोमिटर बिगारेको पनि उनले बताए ।