२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


कांग्रेस महामन्त्री शशांकले जुस पिए, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था


0
Shares

काठमाडौं, असार २४ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएपछि शुक्रबार दिउँसो उनले जुस पिएका छन् ।

ओम अस्पतालका प्रबन्ध सन्चालक हरिकृष्ण श्रेष्ठकाअनुसार उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन सुरु गरिएको हो ।

उपचारमा संलग्न चिकित्सकले महामन्त्री कोइरालाको पछिल्लो स्वास्थ्यजाँचका प्रतिवेदन सामान्यतर्फ उन्मुख रहेको बताएका छन् ।

बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाको स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने स्वास्थ्यमा सुधार देखिएसँगै बिहीबारदेखि भेन्टिलेटरबाट सघन उपचारकक्ष (आइसियु)मा राखिएको छ ।

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डा. लव जोशीले उनलाई कुनै संक्रमण नहोस् भनेर भेटघाटमा सर्तकता अपनाएको बताए ।

मंगलबार साँझ श्वास–प्रश्वासमा केही समस्या देखिएपछि डा. कोइराला ओम अस्पतालमा भर्ना भएका थिए ।

बुधबार बिहान महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । रासस