भोटेकोसीको बाढीबाट विस्थापित २३ जनालाई सेनाको हेलिकोप्टरबाट बाह्रबिसे ल्याइयो « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


भोटेकोसीको बाढीबाट विस्थापित २३ जनालाई सेनाको हेलिकोप्टरबाट बाह्रबिसे ल्याइयो


0
Shares

सिन्धुपाल्चोक, असार २४ । भोटेकोसीको बाढीबाट विस्थापित भएका तातोपानी आसपासका बासिन्दाहरुलाई शुक्रबार बाह्रबिसे ल्याइएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत् उनीहरु २३ जनालाई बाह्रबिसे ल्याइएको हो ।

मौसमले साथ दिएमा अन्यलाई पनि उद्धार गरी बाह्रबिसे ल्याइने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोर्कणमणी दुवाडीले जानकारी दिए ।

भोटेकोसीको बाढीले तातोपानी र लिपिङका झन्डै दुई सय स्थानीय विस्थापित भएका छन् ।