
सिन्धुपाल्चोक, असार २४ । भोटेकोसीको बाढीबाट विस्थापित भएका तातोपानी आसपासका बासिन्दाहरुलाई शुक्रबार बाह्रबिसे ल्याइएको छ ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत् उनीहरु २३ जनालाई बाह्रबिसे ल्याइएको हो ।
मौसमले साथ दिएमा अन्यलाई पनि उद्धार गरी बाह्रबिसे ल्याइने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोर्कणमणी दुवाडीले जानकारी दिए ।
भोटेकोसीको बाढीले तातोपानी र लिपिङका झन्डै दुई सय स्थानीय विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्