
काठमाडौं । समाज कल्याण परिषद्ले काठमाडौंंस्थित बागबजार छेउको टुकुचा क्षेत्रमा तरकारी बजार संचालन गर्ने सम्झौता तोडेको भन्दै तरकारी ब्यावसायीहरुले आपत्ति जनाएका छन् ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले २५ बर्षका लागि गरिएको सम्झौता परिषद्ले बीचमै तोडेर धोका दिएको बताए ।
परिषद्ले २०७४ सालमा हरित कृषि सहकारी संस्थासंग २५ वर्षका लागि सम्झौता गरेकोमा परिषद्ले गत विहिबार उक्त करार सम्झौता रद्द गरेको तरकारी ब्यावसायीहरुले बताएका छन् ।
उक्त तरकारी बजारमा एक सय वटा स्टल रहेको र परिषद्को निर्णयबाट आफुहरु मर्कामा परेको उनीहरुको गुनासो छ
हरित कृषि सहकारीका प्रमुख कार्यकारी कोमलचन्द्र बरालले ठूला ब्यापारीहरुका लागि शपिङ कम्प्लेक्स बनाउनका लागि कृषक र तरकारी ब्यावसायीहरुलाई हटाइएको आरोप लगाए ।
सम्झौता रद्द गर्ने विषयमा सहकारीसँग परामर्श नगरिएको र कारण समेत नखुलाइएको प्रति उनिहरुले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्