१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


‘भरपर्दो मौसम पूर्वानुमान प्रणालीको विकास गर्नुपर्छ’


0
Shares

काठमाडौं, असार २४ । मौसम तथा जलवायु परिवर्तनबाट हुने जनधनको सुरक्षाका लागि मौसम तथा जलवायुसम्बन्धी भरपर्दो पूर्वानुमान प्रणालीको विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जल तथा मौसम विभागले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले मौसमको सही अनुमानले बाढी–पहिरोबाट हुने जनधनको क्षतिबाट जोगाउन सकिने भन्दै भरपर्दो पूर्वानुमान प्रणालीको विकास गर्नुपर्ने बताए ।

उनीहरुले मौसम विभागले उपलब्ध गराउने तथ्यांक गुणस्तरीय र सजिलै बुझ्न सकिने खालको हुनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा सहभागी विज्ञहरुले मौसम पूर्वानुमानका लागि जीपीएस स्याटलाइटको एउटा रिसिभर मौसम विभाग आफैंले राख्नसके पूर्वानुमान भरपर्दो बनाउन सकिने बताएका थिए ।