Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


सुनको सिक्री लुट्ने दुई भारतीय लुटेरा पक्राउ


0
Shares

भीमदत्तनगर, २५ असार । शुक्रबार साँझ कञ्चनपुरको भीमदत्तनगर बजारबाटै महिलाले लगाएको सुनको सिक्री लुटेर भागेका दुई भारतीय लुटेरालाई प्रहरीले महाकाली नदी क्षेत्रबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पदम थापाले सुनको सिक्री लुट्ने भारतको खटिमाका १८ वर्षीय अजय शर्मा र २२ वर्षीय सल्लान अन्सारीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले महाकाली नदीबाट पक्राउ गरेको जानकारी दिए

बजारको सब्जीमण्डीमा किनमेल गरिरहेका स्थानीय एक महिलाको सुन लुछेर फरार भएका दुबै भारतीय भारततर्फ भागिरहेका बेला प्रहरीले पिछा गरेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताए । 

उनीहरुको साथबाट लुटेर लगेको सिक्री र एक थान भारतीय मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयमा राखिएको दुबैजना नेपालमा लुटपाट र चोरीका घटनामा संलग्न हुँदै आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । रासस 

 

Skip This