
काठमाडौं, असार २५ । नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले अहिलेको सन्दर्भमा खोजी पत्रकारिता गर्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघले आज राजधानीमा गरेको खोज पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा अध्यक्ष डाक्टर विष्टले नेपालको सन्दर्भमा खोजी पत्रकारिताको आवश्यकता रहेको बताएका हुन् ।
उनले राजनीति र व्यक्तिका समाचारले बढी स्थान पाउने गरेको भन्दै विकास र आर्थिक क्षेत्रका मुद्धा उठाउन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
बरिष्ठ पत्रकार तथा प्रशिक्षक रामकृष्ण रेग्मीले कृयाशिल पत्रकारितामा खोजपूर्ण समाचारको महत्वपूर्ण स्थान हुने बताए । तालिममा राजधानीका बिभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मी सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्