
काठमाडौं, असार २५ । उत्तर कोरियाले पनडुब्बीबाट गरेको ब्यालेष्टिक मिसाइल परीक्षण असफल भएको छ । दक्षिण कोरियाका अनुसार यो परीक्षण कोरियाली प्रायद्विपको पूर्वी समुद्रमा गरिएको थियो ।
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद पनि परमाणु हतियार विकसित गर्ने प्रयास जारी राखेको छ । राष्ट्र संघको प्रस्तावअनुसार उत्तरले कुनै पनि प्रकारको ब्यालेष्टिक मिसाइल प्रविधिको प्रयोग गर्न पाउँदैन ।
उत्तर कोरियाको चुनौति सामना गर्न भन्दै अमेरिका र दक्षिण कोरियाले मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गर्न तयार भएका छन् ।
केही दिनअघि मात्र अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनविरुद्ध लगाएको प्रतिबन्धलाई प्योङयाङले युद्धको खुल्ला घोषणा भनेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्