१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


सर्पले डस्दा बालकको मृत्यु


0
Shares

                                                         फाइल फोटो

कावासोती, असार २५ । नवलपरासीको कावासोतीमा सर्पले डस्दा ७ वर्षीय बालकको मृत्यु भएको छ ।

कावासोती–२ बीपीचोक निवासी सचिन भण्डारीका छोरा रिसिद भण्डारीको शुक्रबार राति सर्पले डसेर मृत्यु भएको हो ।

लुम्बिनी बोर्डिङ स्कुल कावासोतीको कक्षा–१ मा अध्ययनरत् भण्डारीको उपचारकाक्रममा भरतपुरमा मृत्यु भएको लुम्बिनी बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जानकारी दिए ।

रातको समयमा सर्पले डसेपछि उपचारका लागि बालकलाई चितवन लगिएको थियो ।

नवलपरासीको नवलपुर क्षेत्र विषालु सर्प प्रभावित क्षेत्रमा पर्दछ । यहाँ बर्सेनि १०/१५ जना सर्पको डसाइबाट मर्ने गरेका छन् ।

आइसीयू कक्षमै राखेर उपचार गर्ने अस्पताल यस क्षेत्रमा नहुँदा सर्पदंशका बिरामीहरुको समयमा उपचार हुननसकी ज्यान जाने गरेको कालीगन्डकी सामुदायिक अस्पतालका प्रमुख डा. गोपाल खनालले बताए । रासस