१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


बाढीले पुल बगाएपछि जंगलमै फसेका २३ परिवारलाई खाद्यन्न र कपडा पुर्‍याइयो


0
Shares

ताप्लेजुङ, असार २५ । ताप्लेजुङको लेलेप गाविसमा रहेको पुल बाढीले बगाएपछि जंगलमै फसेका २३ परिवारका गोठालाहरुलाई केही दिन पुग्ने खाद्यान्न र लत्ताकपडा पुर्‍याइएको छ ।

शनिबार ताप्लेजुङ, घुन्साका स्थानीयले केही दिनलाई पुग्ने खाद्यान्न र लत्ताकपडा पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सात घन्टाको घुमाउरो बाटो हुँदै जंगलमा फसिरहेकाहरुलाई खाद्यान्न र लत्ताकपडा पुर्‍याइएको हो ।

विहीबार परेको भारी वर्षापछि घुन्सा खोलामा आएको बाढीले उक्त पुल बगाएको थियो ।

जंगलमा १ सय ५० ओटा चौंरीगाई लिएर गएका २३ परिवारलाई चौंरीसँगै लिएर फर्कने सम्भावना नरहेकाले खाद्यान्न र लत्ताकपडा पुर्‍याइएको स्थानीय हिमाली चुन्दाक शेर्पाले बताए ।

केही दिनका लागि जंगलमा रहेकाहरुलाई खाद्यान्न पुग्ने र स्थानीयकै प्रयासमा काठको पुल निर्माण गरी उनीहरुलाई घुन्सामा फर्काउने योजना रहेको पनि शेर्पाले बताए ।