
काठमाडौं । भवन निर्माणका क्रममा बाटोमा रहेको क्रेन ढल्दा अमेरिकामा चार जनाको मृत्यु भएको छ ।
घटनामा तीन जना घाइते भएका छन् । अमेरिकाको युनिएन जिल्लामा निर्माणाधिन भवनमा रहेको क्रेन कारमाथि ढल्दा कारमा सवार दुई र क्रेन चालक दुई जनाको मृत्यु भएको हो ।
घाइते हुनेमा गाडीमा सवार एकै परिवारका तीनजना रहेका छन् । निर्माणाधिन घर पूर्ण रुपमा ध्वस्त भएको छ ।
तेज गतिमा आएको हावा–हुरीका कारण क्रेन ढलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्