
काठमाडौं, असार २५ । यो साता शेयरबजारमा सामान्य गिरावट आयो । बजार परिसूचक नेप्से र कारोबार रकम दुबैमा कमी आएको हो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.४८ अंकले घटेर अन्तिम दिन १७१५.७२ अंकमा आइपुग्यो । गत विहीबारको तुलनामा ७ अंकले घटेको हो । आइतबार ४ अंकले घटेको थियो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १४७ कम्पनीहरुको ६ अर्ब एक करोड रुपैयाँ बराबरका ९९ लाख ६० हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
कारोबार रकम गत साताको भन्दा २८.१६ प्रतिशत कम हो । गत साता १५० कम्पनीहरुको ८ अर्ब ३८ करोड रुपैयाँ बराबरका दुई करोड २८ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।
समूहगत् उतार–चढावअन्तर्गत् बीमा समूहमा सबैभन्दा उच्च १ सय ९१ अंकको कमी आयो भने वित्त समूह सबैभन्दा उच्च ४५ अंकले सकारात्मक रह्यो ।
यो साता कारोबार रकम (२७ करोड ४२ लाख रुपैयाँ)को आधारमा राष्ट्रिय बिमा कम्पनी लि. संस्थापक अग्रस्थानमा रह्यो ।
कारोबार रकमकै आधारमा राष्ट्रिय बिमा कम्पनीलाई एभरेस्ट बैंक, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।
यो साता नेप्सेमा मेट्रो डेभलपमेन्ट बैंकका बोनस र हकप्रद अनि तिनाउ विकास बैंकको साधारण शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्