२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


प्रमुख दललाई सत्ता परिवर्तनको फोहोरी खेलमा नलाग्न आग्रह


0
Shares

चितवन, असार २६ । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले प्रमुख राजनीतिक दललाई सत्ता परिवर्तनको फोहोरी खेलमा नलाग्न आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा गरेको पत्रकारहरुसँग उनले प्रमुख दल सत्ताको फोहोरी खेलमा नलागी संविधान कार्यान्वयन र देश निर्माणमा जुट्न सल्लाह दिए ।

अहिलेकै अवस्थामा निर्वाचन गर्ने वा राज्यको पुनर्संरचना गरेर निर्वाचन गर्ने दुबै विकल्पका लागि सरकार खुल्ला रहेको उनको भनाइ छ ।

सरकारले मङ्सिरमा स्थानीय निकायको निर्वाचन घोषणा गरी आवश्यक बजेट विनियोजन गरिसकेको पनि बताए ।