
काठमाडौं, असार २६ । मन्त्रिपरिषद्को आज बसेको बैंठकले प्रदेशका मूख्य मन्त्री र प्रमुखहरुको पारिश्रमिक निर्धारणका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैंठकले यस सम्बन्धि विधेयक तयार पार्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।
बैंठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकालागि विशिष्ट सेवा प्रदान गर्न र आवश्यक उपकरण खरिद गर्न २० करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्