
काठमाडौं, असार २६ । मन्त्रिपरिषद्को आज बसेको बैंठकले नेपाल कानून आयोगको अध्यक्षमा पूर्व सचिव माधव पौडेललाई नियुक्त गरेको छ ।
त्यसैगरी नेपाली सेनाका दश सेनानीलाई महासेनानीमा बढुवा र पदस्थापन गरेको छ ।
यसैगरी सरकारले चीन सरकारलाई भाले पोथी मिलाएर दुई जोडी गैडा अध्ययन, अनुसन्धान, संरक्षण र प्रजननकालागि उपहारस्वरुप दिने निर्णय पनि गरेको बैठकपछि सुचना तथा संचार मन्त्री शेरधन राईले जानकारी दिए
।
प्रतिक्रिया दिनुहोस्