
काठमाडौं, असार २६ । प्रधान न्यायाधीशमा नियुक्तिका लागि सुशीला कार्कीको नाम अनुमोदित भएको छ ।
आइतबार संसदीय सुनुवाई समितिले प्रधानन्याधीशमा नियुक्तिका लागि कार्कीको नाम अनुमोदन गरेको हो । कार्र्की हाल कायममुकायम प्रधान न्यायाधीश हुन् ।
कार्कीको नाम अनुमोदन गर्नुअघि संसदीय सुनुवाई समितिले उजुरीकर्तासँग छलफल गरेको थियो । कार्कीविरुद्ध ६ वटा उजुरी परेका थिए ।
प्रतिक्रिया दिनुहोस्