
काठमाडौं, असार २६ । नेपाल फिलाटेलिक सोसाइटी ५० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आजदेखि एक वर्षसम्म विभिन्न रचनात्मक कार्य गरी सोसाइटीको स्वर्ण महोत्सव मनाइने भएको छ ।
संचारमन्त्री शेरधन राईले आज गोश्वरा हुुलाकमा आयोजित कार्यक्रममा स्वर्ण महोत्सव कार्यक्रमको शुभारम्भ गरे । मन्त्री राईले हुुलाक विभागले प्रकाशन गरेको विशेष संस्मरणात्मक र नेपाल राष्ट्र बैंकले निस्कासन गरेको चाँदीको एक हजार रुपैयाँको सिक्का तथा क्युप्रोनिकेलको सय रुपैयाँको सिक्काको लोकार्पण गरे ।
कार्यक्रममा सोसाईटीको बारेमा आधिकारिक जानकारी दिने वेवसाइट डब्लुडब्लुडब्लुु डट नेफिस्को डट कम डट एनपीको पनि शुभारम्भ गरियो ।
सोसाईटीले स्वर्ण महोत्सव मनाउने क्रममा यसै वर्ष हुलाक टिकट प्रदर्शनी, कागजी नोटहरुको प्रदर्शनी, फिलाटेलिक सेमिनार, फिलाटेलिक पत्रिकाको स्वर्ण महोत्सव विशेषांक प्रकाशन लगायतका गतिविधिहरु गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्