१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


शिक्षामा राजनीति हावी हुँदा विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव : ओली


0
Shares

काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा राजनीति हावी हँुदै गएकाले त्यसले विद्यार्थीको भविष्यमाथि नै नकारात्मक प्रभाव पारेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ५७ औं साधारणसभामा प्रधानमन्त्री ओलीले आजको शिक्षाले प्रतिश्पर्धी क्षमताको विकास गर्नुपर्ने बताए । उनले भने, ‘आरक्षण भइहाल्छ भनेर बस्न हुँदैन, यो त अस्थायी व्यवस्थामात्र हो, अस्थायी व्यवस्थालाई शास्वत ठान्नु हुँदैन ।’

त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएका विश्वविद्यालयका संरचनाहरुको पुनर्निर्माण गर्दै जाने भन्दै आवश्यकता अनुसार त्रिविलाई बजेट छुट्याउने जनाए ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिविले सम्बन्धन दिएका क्याम्पसहरुको अनुगमन गर्नुपर्नेमा जोड दिदैं त्रिविको शिक्षामा धेरै सुधार गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा त्रिविका उपकुलपति डा. तीर्थ खनियाँले चिकित्सा शास्त्र र इञ्जिनियरिङ शिक्षामा त्रिवि एशियामै उदाहरणीय रहेको दाबी गरे । उनले त्रिभुवन विश्वविद्यालयमा आउने अनुदान रकममा निरन्तर कटौती भैरहँदा गुणस्तरीय शिक्षा प्रदान गर्न समस्या भएको बताए ।

कार्यक्रममा त्रिविको वार्षिक प्रतिवेदन र वार्षिक बजेट तथा कार्यक्रमहरु सार्वजनिक गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओली र उपकुलपति खनियाँले त्रिविमा पुनर्निर्माण कार्यको थालनी पनि गरेका थिए ।