२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


समृद्ध नेपाल कुनै एउटा पार्टीको नारा होइनः मन्त्री पोखरेल


0
Shares

कन्चनपुर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल कुनै एउटा पार्टीको नारा नभएको बताएका छन् ।

आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा उद्घाटन सत्रमा बोल्दै रक्षामन्त्री पोखरेलले समृद्ध नेपाल र सुखी नेपाली सबैको चाहना र आकाँक्षा भएको बताउँदै त्यसका लागि कृषिमा जोड दिनुपर्ने बताए ।

उनले चुनावका बेला जेष्ठ नागरिकहरुको भत्ता प्रतिव्यक्ति मासिक पाँच हजार पुर्‍याउने आफूहरुको बाचालाई यही कार्यकालमा पूरा गर्ने प्रतिवद्धतासमेत जनाए ।

वर्तमान सरकार कानुन र विशेष नीति निर्माणमा लागेको भन्दै मन्त्री पोखरेलले समृद्ध नेपालको जग बनिसकेकाले अब त्यसमै घर बनाउन सरकार लागि परेको जिकिर गरे ।