
काठमाडौं, असार २६ । आइतबार शेयर बजारमा सामान्य सुधार आयो । बजार परिसूचक नेप्से झण्डै ७ अंक बराबरले सुधारिएर १७२२ मा पुग्यो ।
बीमा र जलविद्युतबाहेक अरु कारोबार भएका अधिकांश समूह सकारात्मक रहेसँगै नेप्से पनि धनात्मक रहेको हो । विकास बैंक र वाणिज्य बैंक समूहमा दोहोरो अंकको सुधार आयो ।
वित्त, होटल र उत्पादनमूलक समूह सामान्य अंकले सकारात्मक रहे । बीमा समूह भने ४८ अंकले झर्यो । जलविद्युत समूह पनि १७ अंकले ओरालो लाग्यो । अन्य समूह स्थिर रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १४५ कम्पनीको २२ लाख १७ हजार कित्ता शेयर १ अर्ब ४४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्