१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


पेट्रोल नसकेपछि कोइलातिर


0
Shares

काठमाडौं, असार २७ । पेट्रोलियममा भारतीय निर्भरता चिर्न चीनबाट झण्डै ३३ प्रतिशत इन्धन ल्याउने योजना नै ‘फलामको चिउरा’ साबित भइरहँदा सरकार त्यसभन्दा पनि जटिल कोइलाबाट इन्धन उत्पादनको विकल्पमा अघि सरेको छ ।

यतिबेला सरकारको एक उच्च टोली चीनमा कोइलाबाट इन्धन उत्पादनबारे अध्ययनमा जुटिरहेको छ । प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा टोली बुधबार चीन गएको हो ।

कोइलाको आफ्नै स्रोत नभएको अवस्थामा त्यसबाट व्यावसायिक पेट्रोलियम उत्पादनको सम्भावनै नरहेको विज्ञहको सुझाव प्रधानमन्त्रीले बेवास्ता गरेका हुन् । –नागरिक दैनिकबाट