१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


विश्व जनसंख्या दिवस मनाईंदै, महासचिव मुनले दिए यस्तो सन्देश


0
Shares

काठमाडौं, असार २७ । विश्व जनसंख्या दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

यस अवसरमा नेपालमा पनि कार्यक्रम गरिँदैछ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आह्वानमा सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ को दिन जनसंख्या दिवस मनाउने गरिएको हो ।

यस वर्ष ‘सुखद भविष्यका लागि किशोरीमा लगानी’ भन्ने सन्देशका साथ यो दिवस मनाइदैछ । यस अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले शुभकामना सन्देश दिँदै किशोरीमा लगानी बढाउन तथा उनीहरुलाई साथ दिन सरकार, व्यवसायी तथा नागरिक समाजसँग आग्रह गरेका छन् ।

आर्थिक लाभ र समाजिक अग्रगमनको अधिकार सबैलाई रहेकोले त्यसका लागि एकीकृत प्रयास गर्नु पर्नेमा महासविच वानले जोड दिएका छन् । सबैले जीवन सुरक्षा तथा आत्मसम्मान र अवसर पाउनु पर्ने उनको भनाई छ ।

विश्वका लाखौं किशोरी विभिन्न समस्याबाट जेलिएको राष्ट्रसंघले उल्लेख गरेको छ । किशोरीका मूख्य समस्यामा प्रजनन् स्वास्थ्यमा पहुँच नहुनु, शिक्षाको अभाव तथा सुरक्षाको खतरा छन् । एकीकृत प्रयासबाट मात्रै यी समस्यासँग जुध्न सकिने राष्ट्रसंघको भनाइ छ ।

यस अवसरमा प्रधानमन्त्री केपी ओलीले शुभकामना सन्देश दिँदै संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्दै जनसंख्या व्यवस्थापन गरी किशोरी तथा युवामा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताएका छन् ।