
-कविराज घिमिरे, ईमेज
धनकुटा, असार २७ । धनकुटाको महाभारत गाउँ विकास समिति वडा नम्वर–२ गर्जुबा बाढी र पहिरोको उच्च जोखिममा रहेको भन्दै जिल्ला दैवी प्रकोप समिति धनकुटाले स्थानीयलाई एक हप्ताभित्र उक्त स्थान छाड्न निर्देशन दिएको छ
तर, कुनै वैकल्पिक ब्यबस्था नै नगरी उक्त स्थान छाड्न निर्देशन दिएको भन्दै स्थानीयमा कंहाँ जाने भन्ने चिन्तासँगै आक्रोशसमेत चुलिएको छ ।
बाढी र पहिरोको उच्च जोखिममा रहेको धनकुटाको महाभारत गाँउ बिकास समिति वडा नम्वर–२ गर्जुवाका १६ परिवारलाई जिल्ला दैवी प्रकोप समिति धनकुटाले एक हप्ताभित्र सो स्थान छाड्न निर्देशन दिएको छ ।
सो स्थानमा जुनसुकै बेला पनि ठुलो बिपत्ती पर्न सक्ने भन्दै समितिले सो स्थान छाड्न निर्देशन दिएको हो । जिल्ला दैवी प्रकोप समिति धनकुटाको निर्देशन पछि उनिहरुमा अव कहां जाने भन्ने चिन्ता चुलिएको छ ।
सरकारले कुनै ब्यबस्था नै नगरी सो स्थान छाड्न निर्देशन दिएको भन्दै उनिहरु सरकार तथा स्थानीय प्रसासनसंग आक्रोसित समेत भएका छन् ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी प्रकोप समिति धनकुटाका संयोजक प्रेम प्रकास उप्रेती सहितको टोलिले स्थलगत निरिक्षण गरि सो स्थान निकै जोखिम पुर्ण रहेको निकर्ष निकालेको थियो ।
जोखिम पुर्ण अबस्थामा बसोवास गर्दै आएका स्थानीयको अन्यत्र पनि जग्गा रहेको भन्दै सो स्थान छाड्न निर्देशन दिईएको धनकुटाका स्थानीय बिकास अधिकारी गणेश प्रसाद दहाल बताउँछन् ।
यता, स्थानीय भने सो स्थानमा बसोवास गरिरहेका केहि परिवार सडक निर्माण गर्दा मजदुरको रुपमा अन्य जिल्लाबाट आएर सोहि स्थानमा बसोवास गरेको वताउंछन् भने अधिकांस परिवार अन्यत्र पनि पहिरोवाट बिस्थापित भई सो स्थानमा आई बालुवा चालेर जिवन निर्बाह गदै आएको बताउंछन् ।
२० बर्ष अघिवाट सो ठाउंका स्थानीयले बाढि र पहिरोको सामना गर्दै आएका छन् । आफ्नो अन्यत्र जाने कुनै पनि ठाउं नभएकाले बर्षौ अघिवाट जोखिम मोलेर बसोवास गरेको स्थानीय वताउंछन् । सरकारले बैकल्पिक ब्यबस्था गरिदिनुपर्ने उनीहरुको माग छ ।
बाढी र पहिरोका कारण पिडामा परेका परिवार, जिल्ला दैवी प्रकोप समितिको निर्देशन पछि भने थप पीडामा परेका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्