
भोजपुर, वैशाख १५ । गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन उद्घाटन गरेका छन् ।
१८ कोठा रहेको उक्त भवन चार करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । भवन सरकारको लागतमा निर्माण भएको हो ।
विसं २०६० फागुन १९ गते पुरानो कार्यालय रहेको भवनमा आगजनी भएपछि सोही स्थानमा नयाँ कार्यालय भवन निर्माण गरिएको हो । भवनसँगै मन्त्री थापाले जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको पनि उद्घाटन गरेका छन् ।
आपतकालीन केन्द्र सञ्चालनका लागि सात स्थानीय तहले एक÷एक लाख रुपैयाँ बराबरको भौतिक सामग्री सहयोग गर्ने र भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको व्यारेक परिसरमा नाइटभिजन सुविधासहितको हेलिप्याड निर्माण भइरहेको कार्यक्रममार्फत जानकारी दिइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्