
फाइल फोटो
काठमाडौं, असार २७ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अवहेलनामा तीन दिनभित्र जवाफ दिन आदेश दिएको छ ।
न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजालसले सोमबार अवहेलना मुद्दामा जवाफ माग्दै अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै यस्तो आदेश दिएको हो ।
शान्ता दीक्षितले दर्ता गराएको अवहेलना मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो ।
कार्कीले तीन दिनभित्र जवाफ दिनुपर्ने र सर्वोच्चलाई कार्कीको जवाफ चित्त नबुझेमा सजाय गर्नसक्ने र अवहेलना भएको ठहर भएमा १० हजार जरिवाना र एक वर्ष जेल वा दुबै सजाय हुनसक्ने छ ।
प्रतिक्रिया दिनुहोस्