डडेल्धुरा, वैशाख १५ । डडेल्धुरामा राष्ट्रियस्तरको क्रिकेट खेलका लागि मैदान निर्माणको काम सुरु भएको छ ।
सदरमुकाममा क्रिकेटलगायत अन्य खेल खेलाउन पर्याप्त ठाउँ नभएका कारण अमरगढी नगरपालिकाको वडा नं. ८ ऋषिखोला सामुदायिक वनसँगै जोडिएको खाली ठाउँमा क्रिकेट मैदान निर्माण गर्न लागिएको हो ।
अमरगढी नगरपालिकाको वडा नं. ८ का युवाले विकास सरोकार समाज नामक स्थानीय सामाजिक संस्थाको पहलमा सामुदायिक उपभोक्ता वन समितिसँग सहमति जुटाएर खेल मैदान निर्माण गर्न लागेको निर्माण समितिका संयोजक श्याम भट्टले जानकारी दिए । तर, मैदान निर्माण गर्न वनसम्बन्धी नियमकानुन तथा मापदण्ड र प्रकृया पुरा नगरिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
उनीहरुले उपभोक्तालाई जानकारी नदिई र जिल्ला वन कार्यालयसँग समन्वय नगरी कयौं रुख फडानी भएको गुनासोसमेत गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्