५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


तीनकुनेमा एक अर्ब २३ करोडको लागतमा बन्दैछ पार्क


0
Shares

काठमाडौं, असार २७ । काठमाडौंको तीनकुनेमा निर्माण गर्न लागिएको अत्याधुनिक र सुविधासम्पन्न पार्क निर्माणका लागि रु एक अर्ब २३ करोड ४६ लाख ७५ हजार खर्च लाग्ने अनुमानित प्रतिवेदन सार्वजनिक गरिएको छ ।

काठमाडौं महानगरपालिकाले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा निर्माणका लागि अनुमानित लागत मूल्यसहित प्रारम्भिक ढाँचा सार्वजनिक गरेको हो ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन उक्त पार्कको मध्यभागमा १६ मिटर अग्लो बुद्धको मूर्ति निर्माण गरिने बताइएको छ ।

बुद्धको मूर्तिसम्म पुग्न १२ ओटा प्रवेशकक्ष रहने छन् भने पार्क र बाहिरी भागको बीचमा पानीको फोहोरा रहने छ ।

महानगरका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले सहरलाई समृद्धितर्फ लैजान महत्वाकांक्षी र बहुवर्षीय योजना अघि सारिएको बताए ।

करिब ५१ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त पार्कभित्र एकैपटक २०० जना व्यक्तिले योग गर्नसक्ने योगकक्षसमेत निर्माण गरिने बताइएको छ । रासस