
मोरङ, असार २८ । मोरङ सिजुवा-५ स्थित काजुपाडामा आज ग्यास सिलिन्डर लिक भई एक घरमा आगलागी हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको छ ।
बिहान करिब ६ः०० बजे स्थानीय मनमाया खत्रीको भान्छा कोठामा खाना पकाउने क्रममा बालेको ग्यास अचानक लिक भइ आगलागी भएको हो ।
प्रहरीका अनुसार आगलागीबाट निजको नगद रु ४० हजार घर तथा घरभित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मानिसहरुको प्रयासमा ०८ः४० बजे नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्