
बुटवल, असार २८ । बुटवलबाट भारतको नयाँदिल्ली जाँदै गरेको यात्रुबहाक बस सोमबार राति भारत, उत्तर प्रदेशको पिलिभितमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये बसका दुईजना चालक खुमबहादुर सारु र अमित घर्तीकोमात्र सनाखत भएको छ ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
पश्चिम नेपाल बस व्यवसायी समिति बुटवलका सदस्य मनोज आचार्यका अनुसार सोमबार मध्यराति १२ बजेतिर विपरीत दिशाबाट आएको ट्रकसँग ठोक्किएर बस दुर्घटना भएको हो ।
बस ३९ जना यात्रु लिएर दिल्लीतर्फ प्रस्थान गरेको थियो ।
दुर्घटनापछि बस समितिका पदाधिकारीहरुको एक टोली त्यसतर्फ गएको छ ।
प्रतिक्रिया दिनुहोस्